Logo
Logo

३७ जना डीएसपी एसपीमा बढुवा (सूचीसहित)


4.3k
Shares

काठमाडौं । नेपाल प्रहरीका ३७ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) उपरीक्षक (एसपी)मा बढुवा भएका छन् । नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिस गरेको हो ।

सिफारिस सूचीको पहिलो नम्बरमा डीएसपी कुलदीप चन्द छन् । यस्तै, बढुवा सिफारिस हुनेमा सुमित खड्का, ठाकुर प्रसाद पोखरेल, मनोहर प्रसाद भट्ट, दिपक गिरी, नवीन कृष्ण भण्डारी, तिलक भारती, केशव कुमार थेवे, सुर्य खड्का, दिपक श्रेष्ठ, प्रेम बहादुर शाही, टेक बहादुर कार्की क्षेत्री, फणीन्द्र प्रसाईँ र शरत कुमार थापा क्षेत्री रहेका छन् ।

त्यस्तै बढुवा सिफारिस हुनेमा युवराज खड्का, राजन चापागाईँ, किशोर कुमार श्रेष्ठ, मुकुन्द प्रसाद रिजाल, पवन कुमार भट्टराई, रवीन्द्र नाथ पौडेल, दान बहादुर थापा, सुदिप राज पाठक, निशान थापा, कवित कटवाल, रामेश्वर पौडेल, रुकेश तन्डुकार, दधिराम न्यौपाने र नवीन कार्की छन् ।

यसैगरी, श्याम कुमार सारुमगर, नरेन्द्र कुँवर, नारायण प्रसाद अधिकारी, भेषराज रिजाल, निर्मल बुढाथोकी, नवराज मल्ल, डिल्ली नारायण श्रेष्ठ, लालध्वज सुवेदी र रुगमबहादुर कुँवर पनि बढुवा सिफारिस भएका छन् ।

प्रतिक्रिया दिनुहोस्