Logo
Logo

अध्यादेशको पक्षमा एकढिक्का भएर प्रतिरक्षा गर्ने कांग्रेसको निर्णय


3.5k
Shares

काठमाडौं । नेपाली काँग्रेसले सरकारले ल्याएको अध्यादेशको सदनमा एक ढिक्का भएर प्रतिरक्षा गर्ने निर्णय गरेको छ ।  

सिंहदरबारमा शनिबार बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी सहित सरकारमा प्रतिनिधित्व गरेका मन्त्रीहरूसहितको बैठकले अध्यादेशका बारेका आफ्ना सांसदहरुसँग सघन रुपमा छलफल गरेर सदनमा एक ढिक्का भएर प्रतिरक्षा गर्ने निर्णय गरेको हो ।

बैठकमा काँग्रेसका तर्फबाट मन्त्री भएकाहरूले मुलुकलाई सुशासनका साथै आर्थिक गतिविधिलाई चलायमान बनाउन सरकारले अध्यादेश ल्याएको जानकारी गराएको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । उनले अध्यादेशका बारेमा संसदीय दलको बैठकबाट समान धारणा बनाउने र संसद्मा त्यही अनुसार प्रस्तुत हुने बताए ।

त्यस्तै बैठकमा सरकारको कामका बारेमा समेत मन्त्रीहरूले जानकारी गराएका थिए । प्रवक्ता महतले विचाराधीन विधेयकहरुलाई छिटो अघि बढाएर संसद्को आगामी बैठकबाट पारित गर्ने गरी छलफल गर्ने बताए । उनले संविधान संशोधन विषयलाई छिटो अघि बढाउनका लागि सरकारी तहमा संयन्त्र नै गठन गरे अघि बढ्ने जानकारी आएको उल्लेख गरे ।  

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारमा गएका मन्त्रीहरुलाई केही समस्या भए पार्टीमा कुरा राख्न निर्देशन दिएका थिए । अध्यादेश लगायतका विषयमा छलफल गर्न कांग्रेस संसदीय दलको बैठक आइतबार बस्दै छ ।  

प्रतिक्रिया दिनुहोस्