काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु क्रान्तिकारीको अध्यक्षका उम्मेदवार विजयप्रकाश शर्मा सापकोटा र हेमन्त राईबीच कडा प्रतिस्पर्धा देखिएको छ ।
शनिवार भएको निर्वाचनमा ७ प्रदेशको मतपरिणाम सार्वजनिक हुँदा सापकोटाले जम्मा ४८१ मत र राईले ४६१ मत पाएका छन् । सापकोटा र राईबीचको मतान्तर जम्मा २० रहेको छ ।
पछिल्लो मत परिणाम अनुसार तेस्रोमा उपदेश यादवले २२१ मत पाएका छन् भने सुदिन पौडेल १४४ मत पाएर चौथो स्थानमा छन् । कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ ।
सबैभन्दा बढी मतदाता रहेको उपत्यका विशेष र विश्वविद्यालय प्रदेशमा विवादका कारण मतगणना सुरु भएको छैन । आचारसंहिता र मतपत्रमा टिक लगाएको मसीको रङका कारण विवाद हुँदा मत गणना कार्य ढिलाइ भएको जानकारी प्राप्त भएको छ ।