काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा सुरु भएको छ ।
बैठकमा संसद्को हिउँदे अधिवेशनबारै छलफल हुने प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए । विभिन्न समितिमा छलफलको चरणमा रहेका विधेयकहरूमाथि समेत छलफल गर्न दलको बैठक बोलाइएको घिमिरेले बताए ।
आउँदो १८ माघबाट संघीय संसद्को अधिवेशन सुरु हुँदैछ ।