Logo
Logo

प्रधानमन्त्री बन्ने अवसर पाए ओलीले भन्दा राम्रोसँग देश चलाउन सक्छु : गगन थापा


1.8k
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले संविधानका आधारभूत विषयहरूलाई चलाउन नहुने बताएका छन् । 

मीनकुमारी राणा प्रतिष्ठानले आइतबार भक्तपुरमा आयोजना गरेको कार्यक्रममा थापाले संविधानका केही विषयहरूलाई संशोधनमार्फत फेरबदल गर्न सकिने भए पनि आधारभूत विषयहरूलाई चलाउन नहुने बताएका हुन् ।

उनले अर्को विकल्प वा व्यवस्थाका विषयमा बहस भए अर्को दश वर्ष खेर जाने भन्दै असफलताको भारी व्यवस्थालाई बोकाउन नहुने धारणा राखे । पाँच पाँच वर्षमा हुने निर्वाचनमा दलहरू जित्ने हार्ने स्वाभाविक प्रक्रिया भएकाले यसलाई सबैले स्वीकार गर्न सक्नुपर्ने उनले बताए ।

महामन्त्री थापाले एउटा नेता मन्त्री, प्रधानमन्त्री हुने पनि ठूलो कुरा नभए पनि नेतृत्व बदल्ने कुरा महत्त्वपूर्ण भएको उल्लेख गरे । उनले आफूहरूले अवसर पाउने हो भने अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली भन्दा राम्रोसँग देश चलाउन सक्ने बताए । 

थापाले कांग्रेसले ८४ को चुनावलाई पर्खेर बस्ने नभई अहिलेको अवसरलाई नै सदुपयोग गरेर देश र जनताको सम्मुन्नतीका लागि काम गर्नुपर्ने बताए । 
 

प्रतिक्रिया दिनुहोस्