रूपन्देही । सुप्रिम सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामछानेको मुद्दामा सरकारी वकिलको जवाफी बहस सकिएको छ ।
रूपन्देही जिल्ला अदालतका श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीका अनुसार वादी प्रतिवादी दुवैतर्फको बहस सकिसकेकाले आजै आदेशको तयारी भएको छ । जवाफी बहस सकिएसँगै न्यायाधीश आदेशकाे तयारीमा रहेकाे ज्ञवालीले बताए ।
न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा मुद्दा परेपछि उनले सोही दिन बयान दिएर परिवार र वकिलको जिम्माजमानीमा बस्दै आएका छन् ।