काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा०)का सभापति रवि लामिछानेले रुपन्देही जिल्ला अदालतले १ करोड धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
अदालतको आदेशसँगै उनी धरौटी बुझाएर रिहा भइसकेका छन् । बैंक ग्यारेन्टीमार्फत उनले अदालतमा धरौटी बुझाएका हुन् ।
बुटवलको सुप्रिम सहकारीमा रकम अपचलन गरेको आरोप लागेका रविलाई आइतबार रुपन्देही जिल्ला अदालतले १ करोड धरौटी माग गरेको थियो ।
सोही अनुसार उनी आइतबार नै बैंक ग्यारेन्टीमार्फत १ करोड धरौटी बुझाएर रिहा भएका हुन् । गत बुधबारदेखि भएको बयान, थुनछेक र जवाफी बहसपछि आज न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले सो आदेश गरेको हो ।
यस्तो छ आदेश