काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दलहरुको बैठक बोलाएका छन । बैठक आज साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेगरि बैठक बोलाएका हुन् ।
बैठकमा आसन्न हिउँदे अधिवेशन, अधिवेशनमा पेस गरिने विधेयक र सरकारका काम कारबाहीबारे छलफल हुने प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ । संसद्को हिउँदे अधिवेशन यही माघ १८ गतेदेखि सुरु हुँदैछ । हिउँदे अधिवेशनको पहिलो दिन प्रधानमन्त्री ओलीले संसदलाई सम्बोधन गर्ने तयारी गरेका छन् ।
साथै सरकारले ल्याएको अध्यादेशको पक्षमा उभिन कांग्रेस र एमालेले आफ्ना सांसदहरूलाई निर्देशन दिएका छन् । तर, सरकारमा सहभागी अन्य दल भने अध्यादेश ल्याएकोमा खुशी छैनन् ।
यही कुरा बुझेका ओलीले साना दललाई पनि विश्वासमा लिन बैठक राखेका स्रोतको दाबी छ । सत्तापक्षमा हाल एमाले, कांग्रेस, जसपा, जसपा नेपाल, नाउपा र जनमत पार्टी रहेका छन् ।