Logo
Logo

प्रधानमन्त्री ओलीका आज तीन कार्यक्रम


1.3k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आजदेखि सार्वजनिक कार्यक्रममा सहभागी हुने भएका छन् । तीन दिनदेखि अस्वस्थ रहेका प्रधानमन्त्री ओलीको स्वस्थ्य अवस्था सामान्य भएसँगै कार्यक्रममा सहभागी हुने भएका हुन् ।

प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार प्रधानमन्त्री ओली आज तीनवटा कार्यक्रममा सहभागी हुँदैछन् । प्रधानमन्त्री ओली आज बिहान साढे १० बजे सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवसको अवसरमा नेपाल प्रशासनिक प्रशिक्षण ललितपुरमा आयोजित कार्यक्रम सहभागी हुँदैछन् ।

यस्तै, आजै दिउँसो १ बजे भक्तपुरको कटुन्जेस्थित सूर्यविनायक नगरपालिकाको प्रशासकीय भवन उदघाटन कार्यक्रममा उनी सहभागी भएका छन् । त्यसपछि साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठकमा सहभागी हुने कार्यक्रम रहेको छ ।

चिसोका कारण स्वास्थ्यमा केही समस्या देखिएपछि चिकित्सकको सुझावमा प्रधानमन्त्री ओली केही दिनयता बालुवाटारमै आराम गरिरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्