Logo
Logo

अछाम घटना : किशोरीसँगै गोठालो जाने दुईजना पक्राउ


2.3k
Shares

धनगढी । अछाममा गाइबाख्र्रा चलाउन गएका दुई किशोरी मृत भेटिएको घटनाको अनुसन्धानका प्रहरीले दुईजना पक्राउ गरेको छ ।

ढकारी गाउँपालिका–१ को छिन्ने जंगलमा ढकारी–८ पल्साताकी १५ वर्षीय सरस्वती खड्का र १४ वर्षीय इशरा खड्का मृत भेटिएको थियो । उक्त घटनामा अनुसन्धानका लागि दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) ईश्वरी भण्डारीका अनुसार मृतक किशोरसँग गोठालो गएका दुई जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो । २० वर्षमुनिका उनीहरूको परिचय खुलाइएको छैन् ।

शनिबार गोठालो गएका दुवै किशोरी बेपत्ता भएका थिए । खोजी गर्ने क्रममा उनीहरु दुवैजना मृत भेटिएका थिए । मृतकको टाउको र शरीरमा गम्भीर चोट लागेको अवस्थामा भेटिएको थियो । उनीहरूको शव परीक्षणका लागि भेरी प्रादेशिक अस्पताल लगिएको छ ।

प्रहरीले उक्त घटनाको तालिम प्राप्त कुकुरको प्रयोग गरेर अनुसन्धान गरिरहेको छ । मृतकका आफन्तले घटना शंकास्पद रहेकाले अनुसन्धान हुनुपर्ने माग गरेका छन् । प्रहरीले प्रारम्भिक अनुसन्धान अनुसार उनीहरू भीरबाट ठूलो ढुंगा खसेको देखिएको प्रहरीले जनाएको छ । अनुसन्धान जारी रहेकाले सत्यतथ्य रिपोर्ट आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्