काठमाडौं । मकवानपुरको राक्सिराङ गाउँपालिकाले सोनाम ल्होसारका अवसरमा तीन दिन सार्वजनिक बिदा दिने भएको छ । तामाङ समुदायको पर्व सोनाम ल्होसारका अवसरमा पालिकाले यही माघ १६, १७ र १८ गते पालिकाभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले गाउँपालिकाभित्रका सार्वजनिक कार्यालय, सरकारी कार्यालय, शिक्षण र बैंक तथा वित्तीय संस्थामा तीन दिन बिदा दिइएको जानकारी दिए ।