Logo
Logo

अमेरिकामा आप्रवासीहरु आतंकित, बालबालिका स्कुल जान छाडे


6.1k
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेलगत्तै आप्रवासीहरू आतंकित बनेका छन् । राष्ट्रपति ट्रम्पले अवैधरुपमा बस्दै आएका आप्रवासीहरुलाई धरपडक सुरु गरेपछि आतंकित बनेका हुन् ।

पक्राउ गरिएका आप्रवासीहरूलाई विमानबाट डिपोट गरिँदै । एजेन्सी

राष्ट्रपति ट्रम्पले अमेरिकाका हरेक प्रान्तमा अवैध आप्रवासीलाई लक्षित गरी अप्रेसन सुरू गर्न त्यहाँका सुरक्षा निकायलाई निर्देशन दिइसकेका छन् । त्यस्तो निर्देशनलगत्तै अमेरिकी अध्यागमनले पक्राउ परेका आप्रवासीलाई सैनिक जहाजबाट सम्बन्धित मुलुक पठाउन सुरू गरिसकेको छ । योसँगै आप्रवासीका परिवारमा मानसिक तनाव र भय बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

आप्रवासीमाथिको धरपकडपछि कतिपयका परिवार र बालबालिकामा डर र चिन्ता बढ्न थालेको बताइएको छ । कतिपयका बालकालिकाहरू स्कुल जान छाडेका छन् भने कतिपय काम गर्नसमेत जान नसकेको अमेरिकी समाचार संस्था सीएनएनले उल्लेख गरेको छ ।

समाचारमा जनाएअनुसार शिकागोकोमा बसोबास गर्ने एक आप्रवासी परिवारका दिदीबहिनीहरूले राष्ट्रपति ट्रम्पले पदभार सम्हालेदेखि स्कुल जान छाडेका छन् । उनीहरूका अभिभावक पक्राउ परिने डरले काममा जाँदैनन् । उनीहरू घर सफा गर्ने काम गर्दै आएका थिए ।

एक गैरनाफा मुलुक संस्थाले उनीहरूको परिवारलाई खाना खुवाउँदै आएको सीएनएनले जनाएको छ । उक्त संस्थाले उनीहरूको घरको ढोकामा खानेकुरा छाडिदिन थालेको छ ।

ती गैरनाफामुलुक संस्थाले पक्राउ पर्ने डरले घरभित्रै बस्ने आप्रवासीहरूको संख्या ठूलो हुनसक्ने जनाएको छ । ‘पक्राउ पर्ने डरले बालबालिकाहरू विद्यालय जान चाहँदैनन्। उनीहरू डराउँछन् । अमेरिकी शरणार्थी र आप्रवासी समितिकी वरिष्ठ उपाध्यक्ष अन्नामारी बेनाले सीएनएनलाई भनेकी छन्, ‘‘प्राथमिक विद्यालयका बालबालिकाहरू डरले विद्यालय जान चाहँदैनन् भने आप्रवासीहरूको पछिल्लो अवस्थाकाबारे यसै घटनाले स्पष्ट पार्छ ।’ शिकागोका आप्रवासी अधिकार समूहले धरपकड गरेको भन्दै ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्