Logo
Logo

अखिल क्रान्तिकारीको मतगणना पेरिसडाँडामा गर्ने सहमति


9.4k
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारी विश्वविद्यालय प्रदेश र उपत्यका विशेष प्रदेशको मतगणना पार्टी मुख्यालय पेरिसडाँडामा गर्ने सहमति भएको छ ।

मतदानस्थल बाल्मीकि क्याम्पसमै गर्ने कि पार्टी कार्यालय पेरिसडाँडामा गर्ने भन्ने विवाद चलिरहेको बेलामा पेरिसडाँडामै लगेर गणना गर्ने सहमति भएको अखिल क्रान्तिकारीका निवर्तमान उपाध्यक्ष केशव रावलले बताए ।

रावलका अनुसार बाल्मीकि क्याम्पसबाट मतपेटिका पेरिसडाँडा लैजाने तयारी भइरहेको छ । यसअघि मतपत्रमा कालो र रातो रंग प्रयोग भएको भन्दै विवाद भएपछि गणना रोकिएको थियो ।

पार्टी उपमहासचिव जनार्दन शर्मा पक्षका अध्यक्ष उम्मेदवार हेमन्त राई समूहले मतदानस्थलमै गणना हुनुपर्ने अडान लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्