काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कास्की जिल्ला अदालतको निर्णय विरुद्ध उच्च अदालत पोखरामा पेस गरेको निवेदन दर्ता भएको छ ।
रविले पेस गरेको निवेदन उच्च अदालत पोखरामा दर्ता भएको हो । कास्की जिल्ला अदालतले पुस २५ गते थुनछेक सम्बन्धी सुनुवाइको आदेशमा फौजदारी कार्यविधि संहिताको दफा ६८ बमोजिम धरौटी माग गरेकोमा चित्त नबुझी रविले उच्चमा सोमबार निवेदन दिएका हुन् ।
कास्की अदालतका न्यायाधीश नितिज राईको इजलासले पुस २५ गते रविलाई तत्काल प्राप्त प्रमाणबाट अहिले नै कसुरदार रहेनछन् भन्न सकिएन भन्दै ६५ लाख धरौटी लिएर रिहा गर्न आदेश गरेको थियो ।