एजेन्सी । इजरायल र हमासबीच युद्धविराम सम्झौता भएपछि उत्तरी गाजामा रोकिएका सयौँ प्यालेस्टिनी धमाधम आफ्नो घर फर्कन थालेका छन् ।
यसअघि इजरायलले हमासलाई युद्धविराम सम्झौता उल्लङ्घन गरेको आरोप लगाउँदै विस्थापित प्यालेस्टिनीहरूलाई आफ्नो घर फर्कन दिएको थिएन ।
तर इजरायलको मागबमोजिम हमास आफ्नो नियन्त्रणमा रहेको इजरायली नागरिक अर्बेल येहुद रिहा गर्न सहमत भएपछि इजरायलले उत्तरी गाजाका प्यालेस्टिनीहरूलाई घर फर्किन दिएको हो।