Logo
Logo

लक्ष्मी सनराइज बैंकको अगुवाइमा जलविद्युत आयोजना लगानी गर्ने सम्झौता 


315
Shares

काठमाडौं । लक्ष्मी सनराइज बैंकको अगुवाइमा सहवित्तियकरणमा सहभागी बैंकहरु र रेमिट हाइड्रो लि. बीच सो ताप्लेजुङ जिल्ला स्थित घुन्सा नदीमा निर्माण गर्ने ७७.५ मेगावाट क्षमताको घुन्सा खोला जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता सम्पन्न भएको छ । 

सो आयोजनाको कुल लागत रु. १८ अर्ब १३ करोड रहेको छ । यो सहकार्यले नेपालको नवीकरणीय ऊर्जा परिदृश्यमा महत्त्वपूर्ण भूमिका खेल्नेछ । घुन्सा खोला जलविद्युत आयोजनाले ०७९ मा विद्युत् विकास विभागबाट आयोजना निर्माणको लागि विद्युत् उत्पादनको अनुमति पत्र लिएको हो । साथै वैशाख २१, ०८१ मा नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता समेत गरिसकेको छ ।

 सो कम्पनीको मुख्य प्रवर्द्धकको रूपमा नेपाल विद्युत् प्राधिकरण, हाइड्रोइलेक्ट्रीसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लि. र विद्युत् उत्पादन कम्पनी लि को संयुक्त लगानी ५१ प्रतिशत हुनेछ । 

सो परियोजना निर्माणको लागि लक्ष्मी सनराइज बैंकको नेतृत्वमा सहवित्तियकरणमा सहभागी बैंकहरुले परियोजना लागतको ७० प्रतिशत लगानी गर्ने प्रतिबद्धता जनाएको छ भने बाँकी ३० प्रतिशत रकम सो कम्पनीका संस्थापक तथा साधारण प्रवर्द्धकबाट लगानी रहने छ । 

लक्ष्मी सन्राईज बैंकको प्रोजेक्ट फाइनान्स (टर्म लोन) प्रतिबद्धता ५ अर्ब रहेको छ भने सहवित्तियकरणमा सहभागी अन्य बैंक तथा वित्तीय संस्थाहरू मध्ये  हाइड्रोइलेक्ट्रीसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लि.को ३ अर्ब, नागरिक लगानी कोषको २ अर्ब, माछापुच्छ्रे बैंकको १ अर्ब ४४ करोड र एभरेष्ट बैंकको १ अर्ब २५ करोड समेत गरी जम्मा १२ अर्ब ६९ करोड ४० लाख रहेको छ । 

सो आयोजना डिसेम्बर २०३० भित्र निर्माण सम्पन्न भई विद्युत् उत्पादन भए पश्चात् वार्षिक करिब ४६२.२८ मेगावाट पावर इनर्जी विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान हुँदा यो नेपाल सरकारको जनताको जलविद्युत कार्यक्रम – नेपालको पानी जनताको लगानी जलविद्युत आयोजनामा थप टेवा पुग्ने विश्वास लिइएको छ ।  

प्रतिक्रिया दिनुहोस्