काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले दलीय राजनीतिमा पुनः सक्रिय हुने टिप्पणी गरेका छन् ।
सोमबार उनले विराटनगरमा सञ्चारकर्मीहरूसँग छलफल गर्दै भण्डारीले राष्ट्रको आवश्यकताले खोजी भए दलीय राजनीतिमा पुनः सक्रिय हुने बताएका हुन् ।
ऊनले आफू अहिले पनि राष्ट्रिय राजनीतिमा भने सक्रिय नै रहेको भन्दै भने, ‘राष्ट्रपति पद गैरराजनीतिक पद होइन । राष्ट्रिय राजनीतिमा म सक्रिय नै छु । राष्ट्रिय राजनीतिका समग्र एजेन्डामा सबै पक्षहरूसँग छलफल गरिरहेको छु, शिक्षा, स्वास्थ्य, खानेपानी, जलवायु परिवर्नत, वैदेशिक रोजगारीमा जानुपर्ने युवाको बाध्यताजस्ता समस्या समाधानका लागि छलफल चलाइरहेको छु । ती एजेन्डा पूरा गर्न कुनै दलमा आवद्ध हुनुपर्यो भने त्यतिबेला निर्णय गर्नेछु ।’
भण्डारीले दलीय राजनीति राजनीतिकमा सक्रिय हुने अवस्थामा एमालेमै जानुपर्ने बताए ।