काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले हतार गरेर अध्यादेश ल्याएको भन्दै आलोचना गरेका छन् ।
सोमवार विराटनगरमा नोना कोइराला पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा कोइरालाले संसद्लाई धकेलेर अध्यादेश ल्याउनु गलत भएको बताए । उनले दुई तिहाइको बहुमत भएको बेलामा विधेयक सजिलै पास हुने भएकाले अध्यादेशले आम जनमानसमा नराम्रो सोच आउने धारणा राखे । संसद् छलेर अध्यादेश ल्याउने गलत प्रवृत्तिलाई अन्त्य गर्नुपर्ने उनले बताए ।
नोना कोइराला स्मृति प्रतिष्ठानले स्थापना गरेको नोना कोइराला स्मृति पत्रकारिता पुरस्कार २०८१ बाट वरिष्ठ पत्रकार किशोर नेपाललाई प्रतिष्ठानका संरक्षक समेत रहेका वरिष्ठ नेता डा. कोइरालाले नगद २५ हजार र सम्मान पत्र सहित प्रदान गरे ।