काठमाडौं । अभद्र व्यवहारमा मुद्दामा पक्राउ परेकी आशिका तामाङ १० हजार धरौटीमा रिहा भएका छन् ।
उनलाई १० हजार धरौटीमा छाड्ने निर्णय गरिएको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए ।
आशिकालाई धरौटी बुझाएपछि फेरि पक्राउ गर्ने प्रहरीको तयारी छ । उनीविरुद्ध भक्तपुरमा पनि अभद्र व्यवहार मुद्दा दर्ता भएको छ ।