Logo
Logo

उमागौरी सहकारी ठगी प्रकरण : शम्भु रौनियार अदालतमा उपस्थित


504
Shares

काठमाडौं । उमागौरी कृषि सहकारी ठगीका मुख्य आरोपी शम्भुप्रसाद रौनियार जिल्ला अदालत मोरङमा हाजिर भएका छन् । उमागौरी कृषि सहकारीका अध्यक्ष समेत रहेका रौनियार सोमबार जिल्ला अदालतमा हाजिर भएका हुन् ।

आज रौनियारको बयान नसकिएपछि न्यायाधीश अरुणकुमार झाको इजलासले प्रहरीको जिम्मा लगाइएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए । भालि पनि उनको बयान हुनेछ ।

उमागौरी कृषि सहकारी संस्थाको बचत अपचलन मुद्दामा रौनियार, संघीय संसद्को सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अन्जला कोइरालासहित २६ जना प्रतिवादी छन् । कोइराला गत २४ पुसमा १० लाख धरौटीमा रिहा भइसकेका छन् ।

सहकारीका सञ्चालकसँग २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ बिगो मागदाबीसहित २७ मंसिरमा मुद्दा दायर भएको थियो ।

प्रतिक्रिया दिनुहोस्