Logo
Logo

सरकारका कारण व्यवस्थामाथि प्रश्न खडा हुने अवस्था सिर्जना भएको रास्वपाको निष्कर्ष


504
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वर्तमान सरकारका कारण सम्पूर्ण व्यवस्थामाथि नै प्रश्न चिन्ह खडा हुने अवस्था सिर्जना भएको निष्कर्ष निकालेको छ ।  

पार्टी कार्यालय वनस्थलीमा सोमबार बसेको रास्वपा सचिवालय बैठकले सरकारको असक्षमताका कारण सम्पूर्ण व्यवस्थामाथि नै प्रश्न चिन्ह खडा हुने अवस्था सिर्जना भएको र त्यसको सत्ता साझेदार दलले नैतिक जिम्मेवारी लिनुपर्ने निष्कर्ष निकालेको हो ।

विगत ६ महिनामा गठबन्धन निर्माणको घोषित उद्देश्य अनुरूप कुनै पनि नजिता नदेखिएको अवस्थामा संसद् अघि हताश मनस्थितिमा काम देखाउन सरकारले अध्यादेश ल्याएको रास्वपाको ठहर छ ।

बैठकले अध्यादेशका अन्तर्वस्तुगत सारमाथि रास्वपा सांसदहरूले गुण–दोषका आधारमा खरो बहस गर्ने निर्णय भएको रास्वपा कार्यवाहक प्रवक्ता प्रतिभा रावलले जानकारी दिए ।

बैठकले केन्द्रीय सचिवालय सदस्यको नेतृत्वमा आगामी फागुन महिनामा सातै प्रदेशमा सर्वाङ्गीण संवाद गर्ने निर्णय गरेको छ ।

त्यस्तै बैठकले प्रदेश समितिलाई प्रदेश तहमा तीन सदस्यीय कार्यदल बनाइ सम्बन्धित प्रदेशभित्रका स्वतन्त्र जनप्रतिनिधहरुलाई रास्वपामा आबद्ध गर्न गराउन सुझाव सहितको प्रतिवेदन पार्टी महामन्त्रीलाई बुझाउन निर्देशन दिने निर्णय गरेको छ । 

प्रतिक्रिया दिनुहोस्