काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक आह्वान गरेको छ ।
पार्टी विधानको दफा १३(१) बमोजिम माघ १६ गते बिहान ११ बजे बस्नेगरी दलको बैठक बोलाएको दलका उपनेता विराजभक्त श्रेष्ठले जानकारी दिए ।
उपनेता श्रेष्ठले दलका नेता रवि लामिछाने सांसद पदबाट निलम्बित भएपछि पहिलोपटक विधानअनुसार कार्यकारी अधिकार प्रयोग गर्दै दलको बैठक बोलाएका हुन् ।
केन्द्रीय कार्यालयमा बुधबार बस्ने बैठकमा संसदको आगामी अधिवेशन तयारीका सम्बन्धमा छलफल हुनेछ । यसैगरी समसामयिक जनसरोकारका विषय, रास्वपाले उठाउनुपर्ने मुद्दाहरू टुंग्याइने उपनेता श्रेष्ठले बताए ।