Logo
Logo

कस्तो रहला आजको मौसम ?


441
Shares

काठमाडौं । आज (मंगलबार)देशभरको मौसम मुख्यतया सफा रहनेछ । हाल कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा छ । तराईका धेरै भूभागमा हुस्सु र कुहिरो लागेको छ ।

दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा आंशिक बदलीको सम्भावना रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । बाँकी प्रदेशका अन्य भूभागमा मौसम सफा रहनेछ ।

काठमाडौंमा आज बिहान पौने ६ बजेको न्यूनतम तापक्रम ६.६ डिग्री सेल्सियस मापन गरिएको छ । दिउँसो अधिकतम तापक्रम २० देखि २२ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्