Logo
Logo

कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै


189
Shares

काठमाडौं । सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । उनले बिहान ११ बजे सिंहदरबारस्थित राज्यव्यवस्था समितिको हलमा बस्नेगरी बैठक बोलाएका हुन् ।

संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरुसँगको छलफलपछि सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् ।

बैठकले संसद बैठकको आगामी क्यालेन्डर टुंगो लगाउने छ । संसदको हिउँदे अधिवेशनको पहिलो बैठक यही माई १८ गते बस्दैछ । उक्त बैठकको तयारीका लागि कार्यव्यवस्था समिति बस्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्