Logo
Logo
सूर्यदर्शन सहकारी ठगी प्रकरण

रविको पुनरावेदनमा अदालतको आदेशको ‘फैफियत प्रतिवेदन’ झिकाउन उच्चको आदेश


1.9k
Shares

काठमाडौं । उच्च अदालत पोखराले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको जिल्ला अदालत कास्कीबाट भएको आदेशको फैफियत प्रतिवेदन झिकाउने आदेश गरेको छ ।

मंगलबार न्यायाधीश मीलनकुमार राईको इजलासले कैफियत प्रतिवेदन झिकाउने आदेश गरेको हो । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिएका रविले ६५ लाख धरौटी माग्ने जिल्लाको आदेशविरुद्ध पुनरावलोकनको माग गर्दै उच्चमा सोमबार निवेदन दर्ता गराएका थिए ।

कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले गत पुस २५ गते ६५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो । सामान्य तारेखमा रहेर मुद्दाको पुर्पक्ष गर्न माग गर्दै रवि उच्चमा निवेदन लिएर पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्