Logo
Logo
अखिल क्रान्तिकारी निर्वाचन

केन्द्रीय सदस्य, सचिवालय सदस्य र आयोगका पदाधिकारीको मतगणना सम्पन्न


1.4k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी)को विश्वविद्यालय र उपत्यका विशेष अन्तर्गत केन्द्रीय सदस्य, सचिवालय सदस्य र आयोगका पदाधिकारीहरूको मतगणना सकिएको छ ।

माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा राति १० बजेबाट मत गणना सुरु भएको थियो । अहिले केन्द्रीय पदाधिकारीको मत गणना सुरु गर्न लागिएको छ ।

सचिव, महासचिव, उपमहासचिव, उपाध्यक्षको मत गणना गरेर मात्र अध्यक्षको गणना गर्ने तयारी रहेको अध्यक्षका उम्मेदवार विजयप्रकाश सापकोटाले जानकारी दिए ।

अध्यक्ष पदका लागि सापकोटासहित हेमन्त राई, सुदिन पौडेल र उपदेश यादव चुनावी मैदानमा छन् । क्रान्तिकारीको २३औँ नेतृत्वका लागि शनिबार निर्वाचन भएको थियो । ९ प्रदेशमध्ये ७ प्रदेशको नतिजा आइसकेको छ ।
मतगणना सकिएपछि निर्वाचन समितिले आजै अन्तिम नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्