Logo
Logo

‘नो केबलकार’ आन्दोलनलाई समाजवादी विद्यार्थी युनियनको साथ


2.6k
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालनिकट समाजवादी विद्यार्थी युनियनले पाथीभरा मन्दिर क्षेत्रस्थित बलुडाडामा शान्तिपूर्ण आन्दोलनको तयारी गरिरहेका नो केबलकार आन्दोलनकारीमाथि सशस्त्र प्रहरी बलले गोली प्रहार गरेको घटनाप्रति घोर भत्र्सना गरेको छ ।

संगठनका अध्यक्ष रमेश यादवले एक विज्ञप्ति जारी गरी गर्दै एक दलाल व्यापारीको कुत्सित व्यापारिक फाइदाको अभिष्ट पूरा गराउन केपी ओली नेतृत्वको सरकारले निहत्था जनतामाथि गोली प्रहार गर्ने कार्य अत्यन्त निन्दनीय भएको बताएको हो ।

नो केबलकार आन्दोलन आफ्नो इतिहासदेखि चलि आएको मौलिकता जोगाउने आन्दोलन हो । यस खाले आन्दोलनलाई सरकारले दमन गर्न सकिन्छ भनेर सोच्नु दिवा सपना हुने संगठनको ठहर गरेको छ । साथै यस्ता दमनका विरुद्ध संगठन आन्दोलनको अग्रमोर्चामा रहेर सामना गर्ने विज्ञप्तिमा उल्लेख छ ।

जनताको आस्थामाथि धावा बोल्ने कार्य नगर्न र जनबिरोधी गतिविधि नदोहर्याउन संगठनले सम्बन्धित पक्षलाई चेतावनी समेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस्