![](https://www.drishtinews.com/wp-content/uploads/2025/01/rautahat-police.jpg)
काठमाडौं । जिल्ला प्रहरी कार्यालय रौतहटले एकैदिन १८ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
फरार प्रतिवादी पक्राउ गर्ने अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहत प्रहरी इकाईहरूबाट खटिएको प्रहरी टोलीले जिल्लाको छुट्टाछुट्टै स्थानबाट मंगलवार एकैदिनमा १८ फरार व्यक्तिलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा जालसाजी मुद्दाका शेख वहिद, नेक महमद, मिर अली हुसैन, शेख तैयब, शेख जमिर, शेख अख्तर, शेख दमी अख्तर, शेख साहिद, शेख मेराज, ईस्लाम अन्सारी, र जुमन देवान रहेका छन् ।
त्यस्तै हातहतियार खरखजाना मुद्दाका नवलाकिशोर मुखिया, कुटपिट तथा गाली बेइज्जती मुद्दाका शेख जाकिर, चोरी मुद्दाका रामबालक मुखिया, कुटपिट मुद्दाका वीर बहादुर राय, बिगो मुद्दाका सिकिन्दर यादव, र किर्ते जालसाजी मुद्दामा जगरनाथ राय यादव पक्राउ परेका छन् ।
जिल्ला अदालत रौतहटबाट सजाय तोकिएर फरार रही लामो समयपछि पक्राउ परेका प्रतिवादीहरूलाई फैसला कार्यान्वयन लागि मंगलबारर जिल्ला अदालत गौरमा उपस्थित गराइएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले बताए ।