Logo
Logo

ताप्लेजुङ घटना : पहिचान पक्षधरलाई सरकारले वार्तामा बोलायो


1.3k
Shares

काठमाडौं । कोशी प्रदेश सरकारद्वारा गठित वार्ता टोलीले पहिचान पक्षरलाई वार्तामा बोलाएको छ । मंगलबार बसेको सरकारी वार्ता टोलीको बैठकले ताप्लेजुङको पाथिभरा क्षेत्रमा आन्दोलन गरिरहेका पहिचान पक्षधरलाई वार्तामा आउन आग्रह गरेको हो ।

केवलकार निर्माणमा असन्तुष्टि जनाउने पक्षहरुसँग वार्ताको माध्यमबाट विवाद समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेकाले वार्तामा आउन आह्वान गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले जानकारी दिए ।

शनिबार ताप्लेजुङको पाथिभरा क्षेत्रमा नो केबलकार समूह र प्रहरीबीच झडप भएको थियो । झडपमा प्रहरीले चलाएको गोली लागेर २ सहित तीन जना गम्भीर घाइते भएका थिए । उनीहरुको शिक्षण अस्पताल काठमाडौंमा उपचार भइरहेको छ । झडपमा २१ प्रहरी घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्