Logo
Logo

कर्मचारीबाट १०० अर्ब डलर बचत गर्ने ट्रम्पको योजना


3.4k
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेडरल कर्मचारीलाई सेप्टेम्बरसम्मको तलब दिँदै राजीनामा दिने अवसर प्रदान गरेको छ । यसलाई ‘स्थगित राजीनामा’ भनिएको छ । यो योजनाले करिब १०० अर्ब डलर बचत हुने अनुमान गरिएको छ ।

समाचारमा उल्लेख भएअनुसार यदी कुनै कर्मचारीले अहिले नै राजीनामा दिन सहमत भए उनको तलब सेप्टेम्बरसम्म आइरहने छ । एक उच्च अधिकारीका अनुसार यो कार्यक्रमबाट ५ प्रतिशतदेखि १० प्रतिशत सरकारी कर्मचारीले राजीनामा दिन सक्छन्, जसले करिब १०० अर्ब डलर बचत हुनेछ ।

अमेरिकी सञ्चारमाध्यम सीएनएनले उल्लेख गरेका अनुसार सेना, अमेरिकी पोष्टल सेवा, आप्रवासन नियन्त्रण र राष्ट्रिय सुरक्षासँग सम्बन्धित पदहरूबाहेक सबै पूर्णकालीन क्षेत्रका कर्मचारीका लागि यो अफर योग्य मानिएको छ ।

ह्वाइट हाउसकी प्रेस सचिव करोलिन लेविटले भनिन्, ‘अमेरिकी करदाताले फेडरल कर्मचारीको तलब तिर्छन्, त्यसैले काममा उपस्थित हुने कर्मचारीहरू चाहिन्छ, जो अमेरिकालाई पुनः महान बनाउन कार्यालयमा काम गर्छन् । यदि तिनीहरूले कार्यालयमा काम गर्न चाहँदैनन् भने उनीहरूलाई ८ महिनाको उदार भुक्तानी दिएर अर्को काम रोज्न स्वतन्त्र छोडिन्छ ।’

यो योजना मंगलबारदेखि सुरु भएर फेब्रुअरी ६ सम्म खुला हुने जनाइएको छ । यसका लागि कर्मचारीहरूलाई राजीनामा इमेलमार्फत दिन सक्ने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्