![](https://www.drishtinews.com/wp-content/uploads/2022/01/aprabasi.jpg)
काठमाडौं । अमेरिकाले निष्कासन गर्न लागेको विभिन्न देशका १४ लाख बढी अवैध आप्रवासीको संख्या सार्वजनिक गरेको छ ।
डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि अमेरिकी सरकारले विभिन्न देशका १४ लाख ४५ हजार ५४९ जना अवैध आप्रवासीलाई घर फर्काउन लागेको सूची सार्वजनिक गरेको हो ।
अमेरिकाको अध्यागमन कार्यालयले सार्वजनिक गरेको सूची अनुसार १ हजार ३६५ जना नेपाली पनि अमेरिकाबाट निष्कासनमा पर्नेछन् । ट्रम्पले ४७औं राष्ट्रपतिको शपथ ग्रहण गरेलगत्तै अवैध आप्रवासी फिर्ता पठाउनेसम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए ।
अमेरिकाबाट फर्काइन लागेकाहरुमध्ये सबैभन्दा धेरै होन्डुरस, ग्वाटेमाला, मेक्सिको र एल साल्भाडोरका नागरिकहरु रहेका छन् । होन्डुरसका २ लाख ६१ हजार ६५१, ग्वाटेमालाका २ लाख ५३ हजार ४१३, मेक्सिकोका २ लाख ५२ हजार ४४, एल साल्भाडोरका २ लाख ३ हजार ८२२ नागरिक अमेरिकाबाट फिर्ता हुनेछन । त्यस्तै चीनका ३७ हजार ९०८ र भारतका १७ हजार ९४० जना पनि अमेरिकाबाट फिर्ता हुनेको सूचीमा छन् ।
![](https://www.drishtinews.com/wp-content/uploads/2025/01/Dportation-1-2.png)
![](https://www.drishtinews.com/wp-content/uploads/2025/01/Deportation-2-1536x1189-1-768x595.png)
![](https://www.drishtinews.com/wp-content/uploads/2025/01/Deportation-3-1536x1179-1-768x590.png)
![](https://www.drishtinews.com/wp-content/uploads/2025/01/Deportation-4-1536x1197-1-768x599.png)
![](https://www.drishtinews.com/wp-content/uploads/2025/01/Deportation-5-1536x1174-1-768x587.png)
![](https://www.drishtinews.com/wp-content/uploads/2025/01/Deportation-6-1536x1182-1-768x591.png)
![](https://www.drishtinews.com/wp-content/uploads/2025/01/Deportation-7-1536x1145-1-768x573.png)
![](https://www.drishtinews.com/wp-content/uploads/2025/01/Deportation-8-1536x1193-1-768x597.png)
![](https://www.drishtinews.com/wp-content/uploads/2025/01/Deportation-9-1536x1180-1-768x590.png)
![](https://www.drishtinews.com/wp-content/uploads/2025/01/Deportation-10-1536x868-1-768x434.png)