![](https://www.drishtinews.com/wp-content/uploads/2025/01/Akhil-Kratikari-768x384.gif)
काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को कोषाध्यक्षमा फुलमाया रानामगर ‘खुशी’ विजयी भएकी छिन् ।
२३ औं राष्ट्रिय सम्मेलन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि शनिबार भएको निर्वाचनबाट मगरले ५९६ मत ल्याएर विजयी भएकी हुन् । उनी विश्वविद्यालय र उपत्यका विशेषको बुधबार सम्पन्न मतगणनामा ५९६ मत ल्याई विजयी भएको निर्वाचन समितिले जनाएको छ ।
यस्तै खुला सचिवमा प्रेम जैशी, वीरेन्द्र जिसी, शिशिर बस्याल र सम्झना राई विजयी भएका छन् । यसैगरी छात्रातर्फ तिर्सना आलेमगर, समकृति पुन विजयी भएका छन् ।
यस्तै जनजातितर्फ अर्टिष्ट मोक्तान, दलिततर्फ आशा उपरकोटी विजयी भएका छन् । अन्य पदको माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा मतगणना जारी छ ।