![](https://www.drishtinews.com/wp-content/uploads/2020/05/nepse.jpg)
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले मार्जिन कारोबारका लागि योग्य कम्पनीहरूको सूची सार्वजनिक गरेको छ ।
नेप्सेले नेप्सेमा सूचीकृत ३२५ भन्दा बढी कम्पनीमध्ये मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि, २०७५ को परिच्छेद ३ को दफा ८ बमोजिम मापदण्ड पूरा गरेका कारोबारयोग्य १०२ वटा कम्पनीको सूची सार्वजनिक गरेको हो ।
मार्जिन कारोबारयोग्य कम्पनीहरूमा १६ वटा वाणिज्य बैंक परेका छन् भने ६ वटा विकास बैंक परेका छन् । त्यस्तै, एक फाइनान्स, ३३ लघुवित्त वित्तीय संस्था, ९ जीवन बिमा, ९ निर्जीवन बिमा, एक पुनर्बीमा, ४ लगानी समूह, उत्पादन समूहका ३ कम्पनी रहेको छ ।
त्यसैगरी, जलविद्युत समूहका १५ कम्पनी, होटल समूहका २ कम्पनी र अन्य समूहबाट एक कम्पनी मार्जिन कारोबार योग्य रहेको नेप्सेले जनाएको छ ।
![](https://www.drishtinews.com/wp-content/uploads/2025/01/image-68.png)
![](https://www.drishtinews.com/wp-content/uploads/2025/01/image-69.png)
![](https://www.drishtinews.com/wp-content/uploads/2025/01/image-70.png)
![](https://www.drishtinews.com/wp-content/uploads/2025/01/image-71.png)