![](https://www.drishtinews.com/wp-content/uploads/2025/01/image-72.png)
काठमाडौं । भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावर र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाबीच भेटवार्ता भएको छ । बुधबार सचिव महावरले परराषट्रमन्त्री डा. राणासँग भेट गरेका हुन् ।
उनीहरुबीच भेटमा नेपाल–भारत सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल भएको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ । महावरले यसअघि मंगलबार गृहमन्त्री रमेश लेखकसँग भेट गरेका थिए ।