Logo
Logo

पूर्वाधार समितिको बैठकमा गएनन् उर्जामन्त्री खड्का


945
Shares

काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाकक्षमा पूर्वाधार विकास समितिको बैठकमा ऊर्जामन्त्री दिपक खड्का र राज्यमन्त्री पूर्णबहादुर तामाङ गएनन् । बुधबार बिहान साढे ११ बजे बोलाइएको बैठकमा उर्जामन्त्री खड्का र राज्यमन्त्री तामाङ पनि बोलाइएको थियो । तर, बैठकमा दुवैजना अनुपस्थित भएको समिति स्रोतले बताएको छ ।

बैठकमा ऊर्जा मन्त्रालयसँग सम्बन्धित उजुरीबारेको छलफलको कार्यसूची थियो । मुगु कर्णाली र किमाथांका जलविद्युत् आयोजनाको ठेक्का प्रक्रियामा भएका अनियमितताबारे उजुरी परेको र उक्त ठेक्का प्रक्रियामा ऊर्जामन्त्री खड्काले अनियमितता गरेको आरोप उजुरीमा लगाइएको छ ।

छलफलका लागि समितिले बोलाएकै समयमा ऊर्जामन्त्री खड्का र राजयमन्त्री तामाङ उपस्थित भएका थिए । तर, गणपुरक संख्या नपुग्दा बैठक स्थगित हुन पुगेको छ ।

समिति सभापति दीपकबहादुर सिंहका अनुसार बैठक सञ्चालनका लागि २ जना सांसदको संख्या नपुग्दा स्थगित गरिएको हो । २५ सदस्यीय समितिमा गणपुरक संख्या पु¥याउन १४ जना सांसद्को आवश्यकता पर्छ । तर, बुधबारको बैठकमा जम्मा १२ जनामात्रै सांसद उपस्थित भएका थिए । उनीहरु पनि बैठकको कोरम नपुगेपछि हस्ताक्षर गरेर फर्किका छन् ।

प्रतिक्रिया दिनुहोस्