ओखलढुंगा । ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका–७ स्थित सिद्धिचरण राजमार्गमा गएराति भएको सुमो दुर्घटना मृत्यु हुनेको पहिचान खुलेको छ । बिरामी बोकेर खोटाङको दिक्तेदबाट काठमाडौंतर्फ जाँदै गरेको सुमो दुर्घटनामा परेको हो ।
दुर्घटनामा मृत्यु हुनेमा आमा–छोरासहित तीनजना रहेको ओखलढुंगाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) मनिष लुइँटेलले बताए । जसमा ५६ वर्षीया मायादेवी गुरुङ, उनका छोरा पुजन गुरुङ र आफन्त ४५ वर्षीय तारा गुरुङ रहेको उनले बताए ।
छोरा सुजन बिरामी भएपछि मायादेवीले आफन्त तारालाई साथ लिएर खोटाङबाट सुमो रिर्जब गरी काठमाडौं जाँदै गरेको अवस्थामा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण संकलन कार्य भइरहेको प्रहरीले जनाएको छ ।