Logo
Logo

नेदरल्यान्ड्सले नेपाललाई दियो १५८ रनको लक्ष्य


126
Shares

काठमाडौं । अन्तर्राष्ट्रिय महिला टी–२० त्रिकोणात्मक सिरिजमा नेदरल्यान्ड्सले नेपाललाई १५८ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले ४ विकेटको क्षतिमा १५७ रन जोड्यो । नेदरल्यान्ड्सका लागि रोबिन रिज्कीले नटआउट ५९ रन र आइरिस ज्वेइलिङ १३ बलमा ३१ रन जोडिन् ।

बलिङमा नेपालका कविता कुँवर, पूजा महतो, इश्वरी विष्ट र सीता रानामगरले १–१ विकेट लिए । सिरिजमा नेपाल र नेरल्यान्ड्ससहित थाइनल्यान्डले प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्