Logo
Logo

मधेशकेन्द्रित दलको बैठक सिंहदरबारमा जारी


1.1k
Shares

काठमाडौँ । मधेसकेन्द्रित आठ पार्टीहरूको बैठक सिंहदरबारस्थित अन्तर्राष्ट्रिय सम्बन्ध समितिको हलमा बसिरहेको छ ।

जनता समाजवादी नेपालको अगुवाइमा मधेसीकेन्द्रित दलको मोर्चा बनाउने विषयमा छलफल गर्न बैठक बसेको हो । जसपा नेपालले उपाध्यक्ष राजकिशोर यादवको नेतृत्वमा वार्ता समिति गठन गरेको छ । सोही वार्ता समितिले अन्य दलका वार्ता समितिहरूसँग छलफलका लागि बैठक बोलाएको हो ।

बैठकमा जनता समाजवादी, जनमत पार्टी, जसपा नेपाल, नागरिक उन्मुक्ति, लोकतान्त्रिक समाजवादी, राष्ट्रिय मुक्ति पार्टी, जनता प्रगतिशील र तराई मधेश लोकतान्त्रिक पार्टीका नेता सम्मिलित छन् ।

प्रतिक्रिया दिनुहोस्