Logo
Logo

संविधान संशोधनका लागि ८७ साल कुर्न हुँदैन : शेखर कोइराला


1.4k
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधान संशोधनका लागि २०८७ साल कुर्न नहुने बताएका छन् ।  

बिहीबार विराटनगरमा आयोजना गरिएको संविधान संशोधन आवश्यकता र चुनौती विषयक अन्तरक्रियामा बोल्दै उनले प्रधानमन्त्रीले भनेजस्तो संविधान संशोधनका लागि २०८७ साल कुर्न नहुने भन्दै संशोधनका लागि सबैलाई विश्वासमा लिन सुझाव दिए ।

उनले २०७२ सालमा हतारमा संविधान बनाइएका कारण संविधान संशोधन गर्नुपर्ने अवस्था रहेको भन्दै दुई दलले मात्रै संशोधन गर्न नहुने बताए । उनले संविधान संशोधन गर्दा सबै राजनैतिक दलहरूबीच सहमति र समझदारी आवश्यक रहेको बताए । कोइरालाले २०७२ सालमा संविधान निर्माण गर्दा ताका जनताहरूबाट लिइएका सुझावलाई आधार बनाएर संविधान संशोधन गर्नुपर्ने सुझाव दिए । 

कार्यक्रममा संविधानविद् डा.भीमार्जुन आचार्यले राष्ट्रपति राजनैतिक पद नभएकाले आगामी संविधान संशोधनमा यसलाई स्पष्ट पार्नुपर्ने बताए । न्यायपालिकाले मात्र लोकतन्त्र बचाउन सक्ने भएकाले यसलाई निष्पक्ष र स्वतन्त्र बनाउन न्याय परिषद्मा बार एसोसिएसन र सरकारको प्रतिनिधित्व हटाउन तथा संसदीय सुनुवाइको प्रावधान खारेज गर्न उनले आग्रह गरे । 

प्रतिक्रिया दिनुहोस्