काठमाडौं । अर्थ समितिको आज बैठक बस्दैछ । बैठक ११ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्नेछ । बैठकमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता सम्बन्धी छलफल हुनेछ ।

संघीय संसद्को हिउँदे अधिवेशन पनि आजबाट सुरु हुँदैछ । दिउँसो १ बजे दुवै सदन (राष्ट्रियसभा र प्रतिनिधिसभा)को बैठक सुरु हुनेछ । प्रतिनिधिसभाको बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीसहित शीर्ष नेताले सम्बोधन गर्ने तयारी छ ।