काठमाडौं । गोकर्णेश्वर नगरपालिकाका दुई बिद्यालय त्रिकोण पब्लिक मा.बि र बिद्यामठ स्कुलले एक कार्यक्रमबिच अभिभावक भेला सम्पन्न गरेका छन् । गोकर्णश्वर नगरपालिका वडा नं ५ मा रहेको त्रिकोण पब्लिक स्कुल र गोकर्णेश्वर नगरपालिकाका वडा नं ६ मा रहेको बिद्यामठ स्कुलले बुधबार संयुक्त रुपमा अभिभावक भेला गरेका हुन् ।

गोकर्णेश्वर नगरपालिकाको नारायणटारस्थित छिमेकी पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथिका रुपमा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसाल, वडा नं ५ का अध्यक्ष तथा नगर प्रवक्ता नारायण सुवेदी तथा वडा नं ६ का अध्यक्ष नवराज लामाको उपस्थिति थियो । सो कार्यक्रममा गोकर्णेश्वर नगर प्याव्सनका निर्वाचित पदाधिकारी तथा यस क्षेत्रबाट शैक्षिक तथा अन्य सामाजिक क्षेत्रमा प्रतिनिधित्व गर्ने बिशिस्ट व्यतित्वहरुको उपस्थिति थियो ।
सो कार्यक्रमको अध्यक्षता बिद्यालयका संस्थापक हरीकुमार ठकुरीले गरेका थिए । साथै, बिद्यालयका प्रधानाध्यापक जितबहादुर बस्नेतले कार्यक्रमको औचित्यबारे प्रस्ट पारेका थिए ।
कार्यक्रममा उक्त बिद्यालयले सामाजिक तहा साहित्यिक क्षेत्रमा बिशेष योगदान पुर्याउने व्यक्तित्वलाई सम्मानसमेत गरिएको थियो । सो अवसरमा साहित्यकार, समालोचक तथा आख्यानकार बिजय चालिसे एवम् नेपाली चलचित्र क्षेत्रका निर्देशक बद्री अधिकारी लगायतलाई सम्मान गरिएको थियो ।
सो अवसरमा बिद्यालयले विभिन्न समयमा आयोजना गरेका खेलकुद कार्यक्रममा बिजयी बिद्यार्थीलाई शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो भने करिब ६०० जना बिद्यार्थी तथा अभिभावकको उपस्थिति थियो ।
कार्यक्रममा आफ्नो मन्तव्य राख्दै गोकर्णेश्वर नगर प्रमुख दिपक रिसालले त्रिकोण पब्लिक स्कुलले यस नगरको शैक्षिक बिकासमा महत्वपूर्ण योगदान पुर्याएको बताएका थिए । कार्यक्रममा त्रिकोण पब्लिक स्कुलका प्रीन्सिपल जित बहादुर बस्नेतले कार्यक्रमको औचित्यबारे प्रस्ट पादै यस बिद्यालयले आगामी दिनमा शैक्षिक गुणस्तर सुधार गर्दै शिक्षालाई परिस्कृत गर्दै लैजाने बताए ।