Logo
Logo

पूर्व आईजिपीको निवेदन खारेज


- दृष्टि न्युज/संवाददाता

63
Shares

काठमाडौं, १० असार ।

पूर्व आईजिपी रमेशचन्द ठकुरीले आफ्नो मुद्दामा पुनरावेदनका लागि दिएको निवेदन सर्वाेच्च अदालतले खारेज गरेको छ । ठकुरी जेलबाट छुटिसकेपछि सर्वाेच्चले निवेदन खारेज गरेको हो । न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र प्रकाशकुमार ढुंगानाको इजलासले ठकुरीको निवेदनमा फैसला सुनाएको हो।

 

गत वर्ष १९ असारमा सर्वाेच्चमा उपस्थित भई उनले पुनरावेदनको माग गरी निवेदन दिएका थिए । तर, सर्वाेच्चले उनलाई थुनामा पठाएको थियो । एक वर्ष कैद भुक्तान गरेर दुई साताअघि मात्र उनी छुटेका हुन् ।
सोही मुद्दाका अर्का दोषी ठहर भएका ठेकदार शम्भु भारतीको मुद्दाको भने पुनरावेदन चलिरहेको छ । अन्तिम फैसला भइसकेपछि पनि उनी धरौटीमा छुटेका थिए ।

फौजदारी कार्यविधि संहिता २०७४ को १३७ (२) अनुसार १० वर्षभन्दा कम कैद सजायको फैसला भएकाले थुनामा नबसी पुनरावेदन गर्न सक्ने व्यवस्था छ। उनले त्यसैका आधारमा निवेदन दिएका थिए।तर कैद सजाय भुक्तान गरी रिहा भएपछि ठकुरीको निवदेनमाथि सुनुवाइ गर्दै फैसला सुनाएको हो। ठकुरी एक वर्षको सजाय कटाएर २०७७ जेठ २९ गते रिहा भएका थिए। सर्वोच्चले उनको निवेदनमा बुधबार कानुन बमोजिक खारेज हुने फैसला सुनाएको छ।

प्रतिक्रिया दिनुहोस्