Logo
Logo

प्रतिनिधिसभा बैठक रास्वपाका सांसदहरुद्वारा बहिस्कार


378
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन् । शुक्रबार सभामुख देवराज घिमिरेले अवरोधकाबीच बैठक सञ्चालन गरेपछि रास्वपाले बैठक बहिष्कार गरेको हो ।

रास्वपा सांसदहरू बैठक हलबाट बाहिरिएका छन् । उनीहरूले १५ मिनेटका लागि बैठक अवरोध गरेको जानकारी गराएका छन् । सभामुख देवराज घिमिरेले प्रतिपक्षी दल रास्वपाको बहिस्कारकाबीच संसद बैठक अघि बढाएका छन् ।

बैठक सुरु हुनेबित्तिकै रास्वपाका सांसदले उठेर अवरोध गरेपछि सभामुख घिमिरेले पटकपटक दलीय आधारमा धारणा राख्न समय दिने भन्दै रास्वपा सांसदहरूलाई यथास्थानमा बस्न आग्रह गरेका थिए ।

रास्वपाले बैठक बहिस्कार गरेपनि अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् । आजै सरकारले विभिन्न ६ वटा विधेयक बैठकमा पेश गर्दैछ । तर, प्रतिपक्षी दलहरुले भने गलत तरिकाले ल्याएको विधेयक स्वीकार नगर्ने भन्दै प्रतिवाद गर्ने तयारीमा छन् ।

प्रतिक्रिया दिनुहोस्