Logo
Logo

पिँढीमा आएर मात्र बस भनेजस्तो भान भयो : स्वर्णिम वाग्ले


630
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले संसद सुचारु हुनु जनताको घरको ढोका खुल्नु सरह भएको बताएका छन् ।

ढोका खोलेर पिँढीमा बस भनेजस्तो भान भएको टिप्पणी गर्दै वाग्लेले संसद अधिवेशन सुरु भएकोलाई आफूहरुले स्वागत गरेको बताए । उनले भने, ‘घरमा ताल्चा लगाएर बाहिर बरालिएको प्राय हामी नेपालीहरु रुचाउँदैनौं । त्यसैले पनि यो सदन सुचारु हुनु जनताको घरको ढोका खुल्नुलाई राष्ट्रिय स्वतन्त्र पार्टीले स्वागत गरेको छ ।’

‘संसद जनताको आफ्नो घर’ र ‘सम्वाद र सहमतिको आश्रय’ पनि बताउँदै उनले भने, ‘ढोका त खुल्यो तर पिँढीमा आएर मात्र बस भनेजस्तो अलिकति हामीलाई भान भयो ।’

प्रतिक्रिया दिनुहोस्