Logo
Logo

लिङ्देनको प्रश्न- रवि ८४ दिन हिरासतमा बस्नुपर्ने तर त्यस्तै मुद्दामा सत्तापक्ष नेता बस्न नपर्ने ?


1.2k
Shares

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् सांसद राजेन्द्र लिङ्देनले भ्रष्टाचार नियन्त्रणका लागि प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा दलकोतर्फबाट आफ्नो धारणा राख्दै उनले नेपाली कांग्रेस र नेकपा(एमाले)को संयुक्त सरकारले जनताको अपेक्षालाई सम्बोधन गर्न नसकेको र सुशासनका पक्षमा कुनै काम गर्न नसकेको भनी आरोप लगाए ।

सरकारले पछिल्लो पटक ल्याएको अध्यादेशका कारण पछिल्ला दिनमा निर्माण सामग्रीको अत्यधिक मूल्यवृद्धि भएको भए पनि राज्यका निकायले थाहा नपाएजस्तो गरेको उनको भनाइ थियो । सहकारीपीडितले अझै न्याय पाउन नसकेको उल्लेख गर्दै उनले सत्तापक्षसँग जोडिएका नेतालाई छुट दिने र अरुलाई कानुन लाग्ने अवस्था किन भयो भन्ने प्रश्न गरे ।

‘सुशासन र अर्थतन्त्रमा के सुधार गर्‍यो सरकारले ? विदेशी मुद्रा सञ्चिति सरकारका कारणले हो कि हाम्रा भाइछोरा बेचेर हो ? साढे ६ महिनाको समय निराशाजनक छ । हामी चाहन्छौँ कांग्रेस –एमाले मिलेर बनेको सरकारले डेलिभरी दिनुपर्छ । तर भ्रष्टाचार र भ्रष्टाचारीको संरक्षणमै सरकार लागेको छ’, लिङ्देनले अध्यादेशपछि सिमेन्टमा कालोबजारी भएको बताए ।

उनले अध्यादेशको अरू कन्टेन्टमा पछि छलफल गर्न सकिने भन्दै अध्यादेशका कन्टेन्टमा अरूले पनि ल्याएको भनेर देशलाई अध्यादेशबाट चलाउने प्रयास नगर्न आग्रह गरे । उनले रास्वपा सभापति रवि लामिछाने ८४ दिन हिरासतमा बस्नुपर्ने तर त्यस्तै मुद्दामा अरू पार्टीका नेता भने हिरासत बस्न नपर्ने पक्षपात भएको बताए । रवि ८४ दिन हिरासतमा बस्नुपर्ने तर सत्तापक्ष नेता हिरासत बस्न नपर्ने ? भन्दै प्रश्न गरे ।

उनले लामिछानेमाथि सम्पत्ति शुद्धीकरणको डण्डा चलाएपनि अरू नेताको गर्नुपर्ने कि नगर्ने ? भन्दै प्रश्न गरे ।

प्रतिक्रिया दिनुहोस्