काठमाडौँ । गायिका एलिना चौहानले चौहानले आफूमाथि सापकोटाले शंका उपशंका गरेको, काममा बाधा दिएको, चरित्रमाथि शंका गरेको भन्दै सम्बन्धविच्छेदको मुद्दा दायर गरेका छन् ।

गत वैशाखमा बागलुङ निवासी विष्णु सापकोटासँग विवाह गरेका चौहानले काठमाडौँ जिल्ला अदालतमा वारेस विष्णुप्रसाद खरेलमार्फत मुद्दा दायर गरेका हुन् ।
चौहान र सापकोटाबीच लामो समय प्रेम सम्बन्धपछि बिहे भएको थियो । तर बिहेपछि अस्ट्रेलिया गएका चौहान काठमाडौं फर्किएपछि उनीहरूबीच राम्रो सम्बन्ध नरहेको चर्चा थियो ।
स्रोतका अनुसार चौहानले माना चामल नलिने गरी मुद्दा दायर गरेका छन् । तर बिहे गर्दाका गरगहना भने फिर्ता नगर्ने उनको दाबी छ ।