Logo
Logo

साना दललाई कमजोर बनाउनेगरी संविधान संशोधन नगरौं : गङ्गाराम चौधरी


378
Shares

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका सांसद गङ्गाराम चौधरी डगौराले आफ्नो दल संविधान संशोधनको पक्षमा भए पनि साना दललाई थप कमजोर बनाउनेगरी संविधान संशोधन गर्न नहुने धारणा राखेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद चौधरीले सबै जातजाति, भाषा, धर्म, संस्कृतिको पहिचान जोगिने गरी संविधानको संशोधन गरिनुपर्ने बताए । साना दललाई थप कमजोर बनाउनेगरी संविधान संशोधन हुने हो कि भन्ने त्रास रहेको उनले उल्लेख गरे ।

सरकारले अध्यादेशमार्फत् केही कानुन संशोधन गरेकामा प्रशंसा गर्दै सांसद चौधरीले अध्यादेशका केही बुँदामा भने असहमति रहेको जानकारी दिए । भूमि सम्बन्धी अध्यादेशमार्फत ल्याइएका व्यवस्थाप्रति आफ्नो दलको असहमति रहेको उनको भनाइ छ । संसद्को चालु अधिवेशनलाई थप प्रभावकारी बनाउन सबैको सक्रिय भूमिका रहनुपर्नेमा उनले जोड दिए ।

प्रतिक्रिया दिनुहोस्