काठमाडौँ । आम जनता पार्टीका अध्यक्ष तथा सांसद प्रभु साहले मुलुकमा सुशासन कायम गर्न र भ्रष्टाचार निवारणमा सरकार असफल भएको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसद साहले भ्रष्टाचार निवारणमा सरकार निरन्तर कमजोर हुँदा विद्यमान शासकीय व्यवस्थाप्रति नागरिक तहमा वितृष्णा बढेको बताए । मन्त्रिपरिषद्का निर्णयहरूमाथि पनि छानबिन गर्न साहले माग राखे ।
सरकारमा रहेका दुई विपरीत विचारधारा बोकेका दलहरूले लोकतन्त्रलाई सुदृढ गर्न नसक्ने उनको भनाइ छ ।
सरकारको पुँजीगत खर्च निकै कमजोर रहेको उनले बताए । सङ्घीय निजामती सेवा ऐन चाँडो पारित हुनुपर्नेमा सांसद साहले जोड दिए ।