Logo
Logo

चित्रबहादुर केसीको प्रश्न- नयाँ पिढी बाहिर गइरहेका छन्, यही हो प्रगति ?’


1.3k
Shares

काठमाडौँ । सांसद चित्रबहादुर केसीले नयाँ पिढी विदेशिदा मुलुक रित्तो हुँदै गएकाले नीति निर्माताले विशेष ध्यान दिनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा आफ्नो धारणा राख्दै उनले नयाँ पिढीलाई देशमै राख्ने प्रभावकारी कार्यक्रम ल्याउनुपर्ने आवश्यकता औँल्याए । उनले भने, ‘हामीले घोषित नीतिअनुसार राजनीति गर्न सकेनौँ । अहिले मुलुकको यथार्थ तस्बिर हेर्ने हो भने नयाँ पिढी बाहिर गइरहेका छन् । यही हो हाम्रो प्रगति ? यही हो प्रगति ?’

सांसद प्रेम सुवालले पूर्वाधार क्षेत्रमा विकास भएको दाबी गर्ने तर ऋण बोकाएको बारेमा कसैले नबोल्ने प्रवृत्ति गलत भएको बताए । उनले भने, ‘नेमकिपा बाहेक सबै दल मिलेर सरकार गठन हुँदा देश र जनताको समस्या सामाधान गर्ने काम हुन सकेको छैन ।’ उनले पूर्वाधार नै नभएका विश्वविद्यालयसँग सम्बन्धित विधेयकलाई अघि बढाउने काम भएकामा आपत्ति प्रकट गरे ।

सांसद डा अमरेशकुमार सिंहले वर्सेनि बढ्दै गएको सार्वजनिक ऋणप्रति चिन्ता व्यक्त गरे । उनले आर्थिक भ्रष्टाचार मात्रै नभई नीतिगत भ्रष्टाचार समेत मौलाएको उल्लेख गर्दै त्यसलाई नियन्त्रणका लागि प्रभावकारी कदम चाल्नुपर्ने बताए । उनले सरकारले लिएको ऋण के मा खर्च भएको छ भनेर श्वेतपत्र जारी गर्न माग गरे ।

प्रतिक्रिया दिनुहोस्