काठमाडौं, ११ असार ।
लकडाउनको समयमा पनि प्रहरीको असुली धन्दा रोकिएको छैन । हुन्डी कारोबारीलाई धम्काएर १० लाख रुपैयाँ लिएको आरोपमा दुई प्रहरी पक्राउ परेका छन् ।
हवल्दार धिरेन बिष्ट र जवान बिक्रम चन्दले त्यसरी पैसा लिएका हुन् । हवल्दार बिष्ट हाकिमहरुलाई खुशी बनाई लामो समयदेखि महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत थिए । आफुहरु महानगरीय अपराध महाशाखाको प्रहरी भन्दै उनीहरुले पैसा लिएका थिए ।
महाशाखाले छानबिन गरी उनीहरुलाई पक्राउ गरेर कारबाहीका लागि बुझाएको छ । हाकिमको अनुमति बिना गएकाले उनीहरु पक्राउ परेका हुन् । हाकिमहरुकै मिलमेतोमा हुने यस्ता असुली भने गोप्य हुने गर्दछन् । अपराध महाशाखा र काठमाडौं परिसरका प्रहरी प्रमुखको प्रमुख कमाई नै यस्तै असुलीमा हुने स्रोत बताउँछ ।